बिहीबार, वैशाख १३, २०८१

एनआरएनएको नयाँ नेतृत्वका लागि १० बजेदेखि मतदान

नेपालखोज २०७६ असोज ३० गते ११:३६

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति चयनका आज (बिहीबार) बिहान १० बजेदेखि मतदान हुने भएको छ । बुधबार भोटिङ मेसिनले काम नगरेपछि रोकिएको मतदान आज हुन लागेको हो ।

बुधबार साँझ ८ बजे एकजना मतदाताले भोट हालेपछि मेसिनले काम नगरेको भन्दै स्थगित गरिएको थियो ।

निर्वाचन समिति सदस्य कुलप्रसाद पाण्डेले बिहान १० बजेदेखि मतपत्रका आधारमा मतदान हुने जानकारी दिए । उनका अनुसार मतदानको समय बिहान १० देखि ३ बजेसम्म तोकिएको छ । उनले भने, ‘सेड्युयल अनुसार निर्वाचन हुन्छ । कुनै समस्या हुँदैन । रातभरी हामी त्यसकै तयारीमा थियौं ।’

प्रतिक्रिया