बिहीबार, वैशाख ६, २०८१

बलात्कारको अभियोगमा प्रहरी नायब निरीक्षक बोमबहादुर राना पक्राउ

नेपालखोज २०७६ असोज ३० गते १२:०१

बाँके । बाँकेमा कार्यरत प्रहरी नायब निरीक्षक बोमबहादुर राना बलात्कारको अभियोगमा पक्राउ परेका छन्।

नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक रानामाथि एक जना महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोग लागेपछि उनी पक्राउ परेका हुन्।

प्रशिक्षार्थीको जाहेरीको आधारमा प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । असोज २६ गते आफूमाथि बलात्कार भएको बेहोरासहितको जाहेरी दिएपछि सोही दिन नै प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरेर हिरासतमा राखिएको डिएसपी सिंहले बताए।

प्रतिक्रिया