शनिबार, माघ २६, २०८१

चेम्बर र भाइब्रेन्टवीच सहकार्य गर्ने सम्झौता

नेपालखोज २०७६ कार्तिक १ गते ८:०१

१ कार्तिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र भारतको भाइब्रेन्ट गोवा फाउन्डेसनबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र भाइब्रेन्ट गोवाका सभापति राजकुमार कामतले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रका चेम्बर र भाइब्रेन्टबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन पर्वद्धन एवं आर्थिक सम्बन्ध विस्तार गर्ने उल्लेख गरिएको छ।

Advertisement

समझदारीपत्रमा दुई देशका चेम्बरबीच व्यापारिक सूचना आदान–प्रदान, मेला प्रदर्शनीमा दुवै मुलुकमा सहभागिता, पर्यटन पर्वद्धन, व्यापारिक–औद्योगिक प्रतिनिधिमण्डलको आदान–प्रदान गरिने उल्लेख छ ।

त्यसै दुई मुलुकबीच हुने अन्र्तक्रिया, रोड सो, एक्स्पोमा सहभागितालगायत पर्यटन पर्वद्धनमा जोड दिइएको छ । त्यस्तै, व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्ने समझदारीपत्रमा उल्लेख गरिएको छ । समझदारीले आगामी दिनमा द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध वृद्धि हुने अपेक्षा गरिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया