शुक्रबार, वैशाख ७, २०८१

लाखौँ मूल्यको औषधी खोलामा फालियो, जनता मेडिकलमा धाउन बाध्य

नेपालखोज २०७६ कार्तिक १ गते १५:०५

जुम्ला । जुम्लाको कनकासुन्दरी गाँउपालिकाको स्वास्थ्य शाखाले आव २०७५/०७६ को वार्षिक कार्यक्रममा खरीद गरेका लाखौँ मूल्य बराबरको औषधी समयमै गाउँपालिकाभरिका स्वास्थ्य संस्थालाई वितरण नगर्दा खेर गएको छ । यसरी सडाएर राखिएको औषधी हिजोआज म्याद गएको भन्दै एक खोलामा बेवारिसे अवस्थामा फालेको भेटिएको छ ।

कनकासुन्दरी गाँउपालिकाको कार्यालय नजिकैको खोलामा मेट, ओबिचेक ५००, सिटामोल, ब्रोफीन अस्थायी बन्ध्याकरणका सामान, कन्डम, पिल्स, लगायत सयौँ थरी औषधीहरु फालिएको छ । करिब १० वटा बोरामा राखिएका औषधी बेवारिसे खोलाको पानीमै मिल्काइएको छ । अन्य औषधी खोलाको किनारमा जलाएर नस्ट गरेको पनि भेटिएको छ । गर्त वर्षमा पनि ठूलो परिमाणको औषधी फालिको थियो ।

यता कनकासुन्दरी गाँउपालिकाभरि रहेका स्थास्थ्य संस्थामा औषधीको अभाव हुँदा स्थानीयहरु बिरामी पर्दा मेडिकलमा चर्को मूल्य तिरेर औषधी किन्नुपरेको गुनासो गर्छन् । स्वास्थ्य सस्थामा उपचार गर्न जाँदा कहिले अहेव त कहिले अन्य कर्मचारीहरु पनि भेटिँदैनन् । कर्मचारी भेटिए पनि औषधी छैन भन्छन् ।

कनकासुन्दरी गाँउपालिकाभित्र ५ वटा स्वास्थ्यचौकी र सामुदायिक स्वास्य संस्थामा हिजोआज औषधीको अभाव रहेको छ ।

प्रतिक्रिया