शुक्रबार, चैत १६, २०८०

४५ करोडको आईपीओ एउटै कम्पनीले ल्याउँदै, लघुवित्तमा शेयर पाईएन भनेर रुनु नपर्ने

नेपालखोज २०७६ कार्तिक १ गते १६:११

१ कात्तिक, काठमाडौँ । एनआईसी एशिया लघुवित्तले चाँडै नै ४५ करोडको आईपीओ बिक्रीमा ल्याउने भएको छ । एनआईसी एशिया बैंकको बहुमत हिस्सेदारी रहेको एनआईसी एशिया लघुवित्तले अब चाँडै नै साधारणसभा गरी आईपीओ ल्याउने तयारी गरेको छ ।

स्रोतका अनुसार सो लघुवित्तको साधारणसभा स्वीकृतिका लागि राष्ट्र बैंकमा कागजात गएकाले त्यो अनुमोदन हुनासाथ आवश्यक प्रक्रिया पुरा गरेर पुस मसान्तसम्ममा आईपीओ ल्याउने गरी काम अगाडि बढिरहेको छ ।

जाजरकोटमा मुख्य कार्यालय रहेको एनआईसी एशिया लघुवित्तको हालको चुक्ता पूँजी एक अर्ब १ करोड रहेको छ । उसले देशव्यापी संजाल बनाएर ६२ वटा शाखा कार्यालय बिस्तार गर्नुका साथै पाँच अर्बको कर्जा प्रबाह गरिसकेको छ ।

४५ करोडको आईपीओ बिक्रीमा ल्याउँदा १० कित्ताको दरले भाग लगाईदा समेत ४ लाख ५० हजार जनाले त्यो शेयर पाउँन सक्ने देखिन्छ । जुन संख्या आवेदन गर्नेको भन्दा बढी हुनसक्छ । अहिले दोस्रो बजारको आईपीओमा अधिकत्तम ३ लाखले आवेदन दिदै आएका छन् ।

प्रतिक्रिया