बिहीबार, वैशाख ६, २०८१

३३ केभी विद्युत प्रसारण लाइन ४५ दिनभित्र निर्माण हुने

नेपालखोज २०७६ कार्तिक १ गते १७:४२

१ कार्तिक, काठमाडौँ । दुहबी—कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माण ४५ दिनभित्र सम्पन्न हुने भएको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करिब तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा अवरोध भएको थियो ।

अवरोध हटाउन प्रदेश—१ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेलगायतसँग छलफल गरी ४५ दिन भित्र सम्पन्न हुने सहमति जुटाउन सफल भएका छन् ।

शुक्रबार भएको छलफलमा संसद मोदीले यो प्रसारण लाइन निर्माणमा आफूले कहिले पनि अपरोध नगरेको प्रष्ट पारे । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा विद्युत् आपूर्तिलाई सुधार गर्न पहल गरिने बताए ।

घिसिङले प्राधिकरणले कहिले पनि प्रसारणलाइन निर्माणमा संघीय सांसदले पैसा मागेर अवरोध गरेको भनेर नभनेको प्रष्ट पारे ।

प्रतिक्रिया