बिहीबार, चैत १५, २०८०

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

नेपालखोज २०७६ कार्तिक २ गते १२:२७

२ असोज, काठमाडौ । पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ ।

मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताइैन् । राति देशका पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आङ्शिक बदली भई मध्यपहाडी भू–भागका एक÷दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका पूर्वी र पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै सोमबार देशका मध्य तथा पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५।५ डिग्री र अधिकतम तापक्रम २५।२ डिग्री सेल्सियस रहेको छ । पोखराको न्यूनतम तापक्रम १८।२ र अधिकमत तापक्रम २८।० डिग्री रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६।५ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया