बुधबार, वैशाख १२, २०८१

वलात्कारको आरोप लागेका पुर्वसभामुख महरालाई आज अदालत लगिदै, म्याद थप्ने तयारी

नेपालखोज २०७६ कार्तिक ३ गते ११:०९

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुर्व्यवहारको आरोप माथि थप अनुसन्धान गर्न प्रहरीले आज फेरि म्याद थप गर्ने भएको छ ।

अनुसन्धान पुरा रूपले नसकिएकोले प्रहरीले आज फेरि म्याद थप गर्ने भएको हो । महरालाई आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो ।

अघिल्लो पटक तीन दिन म्याद थप भए पनि महराले बयान दिन नमानेपछि प्रहरीले अनुसन्धान पूरा गर्न सकेको छैन । म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याउने प्रहरी अधिकारीहरुले बताएका छन् ।

संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया