बिहीबार, वैशाख १३, २०८१

कात्तिक १३ गते नेवार समुदायको भाईटिमा सार्वजनिक विदाका लागि ओलीको आश्वासन

नेपालखोज २०७६ कार्तिक ३ गते १७:०१

३ कार्तिक, काठमाडौं । तिहारको भाईटिका १२ गते भएपनि नेवार समुदायले १३ गते भाईटिका मनाउने भएका छन् । १२ गते भाईटिका नमाउने र १३ गते नेवार समुदायले भाईटिका मनाउने भन्दै सो दिन सार्वजनिक विदा माग गर्दै प्रधान मन्त्री ओली भेट गर्न पुगेका संघीय तथा प्रदेश सांसद नेतृत्वको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक १३ गते सार्वजनिक विदा दिने आवश्वासन दिएका छन् ।

राष्ट्रिय पञ्चांग निर्णायक समितिले जारी गरेको पात्रोमा भने कात्तिक १२ गते भाइटीका उल्लेख छ। समितिले सार्वजनिक गरेको पात्रो व्यवहारिक नभएको भन्दै परम्परागत तरिकाले नै भाइटीका मनाउने निर्णय नेवार समुदायले गरिसकेको कार्तिक १३ गते पनि विदा दिनु पर्ने नेवार समुदायको माग रहेको छ ।

प्रतिक्रिया