बिहीबार, वैशाख १३, २०८१

महरा फसाउने षड्यन्त्रमा प्रधानमन्त्री पनि संलग्न भएको आरोप

नेपालखोज २०७६ कार्तिक ४ गते ८:११

४ कार्तिक, काठमाडौं । संसद सचिवालयकी कर्मचारी महिलामा थि यौनदूव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई झुठो आरोपमा फसाउन खोजेको बताएका छन् ।
महराले जिल्ला सरकारी वकिल समक्ष आफूलाई फसाउनका लागि नै झुठो आरोप लगाएको बयान दिएका हुन् ।
पीडित भनिएकी महिलासँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान रहेकाले जबर्जस्तीकरणी कल्पना पनि गर्न नसक्ने महारले बयान बताएका छन् । महिलासँग आफ्नो पुरानो चिनजान भएको र घटना भएको दिन आफू घरभित्र प्रवेश नगरेको महराको भनाइ छ ।

घटना भएको दिन आफू महिला बसेको घर पर नै रहेर फोन गरेको, तर उनले रिसिभ नगरेपछि १५ मिनेटमै फर्किएको महराले बयान दिएका छन् । उनले केही विधेयकप्रति असन्तुष्टि जनाएकाहरूले नै आफूलाई झुटो आरोपमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
हुन पनि केही दिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले नै एक कार्यक्रममा महरा तर्फ संकेत गर्दै विधेयक स्वीकृत गर्नका लागि अवरोध पु¥याएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीले सार्वजनिक रुपमा विधेयकको कुरा गर्नु र महराले पनि त्यही कुरा बयानमा दिँदै ओली लगायतका शीर्षस्थ नेताहरुले नै आफू चीनसँग निकट भएका कारण चीनका राष्ट्रपति सी चिन फिङ्गको भ्रमणको पूर्वसन्ध्या पारेर आफ्नो राजनीति सिध्याउने प्रयास गरेको आरोप समेत लगाएका छन् ।
महराले आफू महिलाको घर नै नगएकाले घटनास्थलमा भेटिएका रक्सी, जुत्ताको तलुवा र चस्मा आफ्नो नभएको दाबी गरेका छन् । कुटपिटका कुरा निराधार र कल्पनाभन्दा बाहिरको कुरा भएको बताए । चस्माबारे सोधिएको प्रश्नमा महराले लगाइरहेको चस्मा देखाउँदै भने, ‘मेरो चस्मा त यही हो लगाइरहेकै छु ।’

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार महरासँग लिने बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतले महरालाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ । सरकारी वकिलले महरासँग बयान लिने काम सकिए पनि अनुसन्धानका अन्य काम बाँकी रहेको भन्दै सात दिनको समय माग गरेको थियो । तर, अदालतले भने पाँच दिनको मात्रै म्याद थप गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया