नक्कली नोट छाप्ने मेसिनसहित ३ पक्राउ
नेपालखोज
२०७६ कार्तिक ४ गते ११:१०
काठमाडौं । नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई प्रहरीले बौद्धको नयाँवस्तीबाट पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोट र नोट छाप्ने मेसिनसमेत बरामद गरेको छ । पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया