बुधबार, वैशाख १२, २०८१

२ करोड भन्दा बढी तलव खाने वैकका सिइओहरु

नेपालखोज २०७६ कार्तिक ४ गते १७:०५

४ कार्तिक, काठमाडौं । क बर्गका बाणिज्य वैकहरुका प्रमुख कार्यकारी अधिकृतहरुले लिने गरेको तलवका विषयमा बेला बेलामा चर्चा बहश हुने गर्दछ । वैकका प्रमुख कार्यकारी अधिकृतहरुले धेरै नै तलव खाने गरेका कारण तलव घटाउनु पर्ने प्रसंग बेला बेलामा उठ्ने गरेको भएपनि त्यसले खासै प्रभाव पारेको भने देखिँदैन ।

अहिले नेपालका केही बाणिज्य वैकहरुले आफ्ना प्रमुख कार्यकारी अधिकृतले पाउने बार्षिक तलव सार्वजनि गरेका छन् । वैकहरुको बार्षिक प्रतिवेदन मार्फत उनीहरुले प्रमुख कार्यकारी अधिकृतको तलव सार्वजनि गरेका हुन् ।
प्रमुख कार्यकारी अधिकृतको बार्षिक तलव सार्वजनिक गर्ने वैकहरुमा वैक अफ काठमाण्डु, एनआईसी एशिया वैक, माछापुच्छ्रे वैक, कुमारी वैक, सानिमा वैक, सिजिजन्स वैक रहेका छ ।

यी मध्ये सवैभन्दा बढी तलव खाने प्रमुख कार्यकारी अधिकृत वैक अफ काठमाण्डुका शोभनदेव पन्त रहेका छन् । उनले बार्षिक २ करोड ३२ लाख ८५ हजार रुपैयाँ तलव बुझ्ने गरेका छन् भने यस बाहेक वैकको नियमानुसार पाउने भत्ता पनि बुझ्ने गरेका छन् ।
त्यस्तै कुमारी वैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले दुई करोड १४ लाख ६३ हजार रुपैयाँ तलव बुझ्ने गरेका छ । त्यस्तै एनआईसी एशिया वैकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले दुई करोड १३ लाख ६७ हजार रुपैयाँ बार्षिक तलव बुझ्ने गरेका छन् ।

धेरै तलव बुझनेहरुमा सानिमा वैकका प्रमुख कार्यकारी अधिकृत भूपाल दाहाल पनि पर्दछन् । उनले वार्षिक दुई करोड ८ लाख ३९ हजार तलव बुझ्ने गरेका छन् । त्यस्तै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शमाले एक करोड १७ लाख ९८ लाख रुपैयाँ पारिश्रमिक लिने गरेको भेटिएको छ । प्रमुख कार्यकारी अधिकृतहरुले मध्ये सवैभन्दा कम तलव खानेमा सिटिजन्स वैक गणेशराज पोख्रेलले ९२ लाख १२ हजार रुपैयाँ तलव लिने गरेका छ ।
यी छ वटा वैकहरुमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरुले खाने तलव सार्वजनि गरेको भएपनि अन्य वैकहरुले भने तलव सार्वजनिक गरेका छैनन ।

प्रतिक्रिया