शुक्रबार, चैत १६, २०८०

महाराष्ट्रमा ५४ र हरियाणामा ६५ प्रतिशत मतदान भई उपनिर्वाचन सम्पन्न

नेपालखोज २०७६ कार्तिक ५ गते १०:४८

५ कार्तिक, काठमाडौं । कार्तिक ४ गते सोमबार भारतका दुई राज्य हरियाणा र महाराष्ट्रमा उपनिर्वाचन सम्पन्न भएको छ ।
यी दुई राज्यमा सोमबार विधानसभा निर्वाचन भएको हो । पछिल्लो विवरण अनुसार महाराष्ट्र राज्यमा ५४.५३ प्रतिशत मतदाताले मतदान गरेका छन् भने हरियाणामा ६५ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् ।

महाराष्ट्रको साँझ ५ बजेसम्म र हरियाणामा वेलुका ६ बजेसम्ममा उक्त परिमाणमा मत खसेको थियो । महाराष्ट्र अन्तर्गतको मुम्बई जिल्लामा भने स्थानीय समय अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्ममा ४४ प्रतिशत मतदान भएको छ ।

महाराष्ट्र राज्य अन्तर्गतका २८८ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदान राधानगरीमा भएको छ । अधिकारीहरुले त्यस क्षेत्रमा ७०।८९ प्रतिशत मतदाताले मतदान गरेको तथ्याङ्क सार्वजनिक गरेका छन् ।

तर सबैभन्दा धेरै मतदान भने उल्लासनगर निर्वाचन क्षेत्रमा भएको छ । उल्लासनगरमा मतदाताको सहभागीता निराशाजनक देखिएको छ । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार उल्लासनगरमा बेलुका ५ बजेसम्ममा २६।२७ प्रतिशत मतदाता मात्रै मतदानमा सहभागी भएका छन् ।

महाराष्ट्रका २८८ र हरियाणाका ९० निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि बेलुका छ बजेसम्म मतदानको समय तोकिएको थियो ।

सबै निर्वाचन क्षेत्रगरी कुल ४४ सय भन्दा बढी उम्मेदवार रहेका थिए । ती मध्ये हरियाणामा ११ सय ६९ जना र महाराष्ट्रमा ३२ सय ३७ जना रहेका थिए ।
महाराष्ट्रका मतदातालाई मतदानका लागि राज्यभरी ९६ हजार ६६१ ओटा मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया