शुक्रबार, वैशाख १४, २०८१

स्कुलबसले किचेर विद्यार्थीको मृत्यु

नेपालखोज २०७६ कार्तिक ५ गते ११:५०

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडानम्बर ९ मा होली टेम्पल विद्यालयको बसले किच्दा एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । एलकेजीमा अध्ययनरत आठ वर्षीय नवीन घिमिरेको मृत्यु भएको हो ।

छम्पीस्थित सोही विद्यालयले भाडामा लिइएको बा २ ख ७० नम्बरको बसले सोमबार बिहान ९ बजेतिर किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।

विद्यालय जाने क्रममा उनी बस चढेलगत्तै ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया