शनिबार, वैशाख १५, २०८१

गायक दुर्गेश थापा पक्राउ, गीत हटाएर छोड्ने प्रहरीको तयारी

नेपालखोज २०७६ कार्तिक ५ गते १३:५१

काठमाडाैं । गायक तथा मोडल गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । तिहार लक्षित गरी थापाले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडाैंमा उजुरी परेपछि प्रहरीले थापालाई पक्राउ गरेको हो ।

उक्त गीतमा उनले मदिरा र गाँजालाई खानुपर्छ भन्ने शब्द प्रयोग गरेका छन् । यही कुरालाई लिएर उक्त गीत विवादित बनेको थियो ।

थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने तयारी प्रहरीले गरेको छ ।

थापा यती बेलाका चल्दो बल्दो गायक र मोडल हुन् । पछिल्लो समय उनको सबै जसो गीतहरू हिट भइरहेका छन् ।

प्रतिक्रिया