मंगलबार, वैशाख ४, २०८१

नेपाल–बंगलादेशका उच्च अधिकारी वीच वैठक शुरु

नेपालखोज २०७६ कार्तिक ५ गते १६:३३

५ कार्तिक, काठमाडौं । नेपाल बंगलादेशको व्यापार सम्वन्धी दुई दिने वैठक काठमाडौंमा शुरु भएको छ । दुई देशका बाणिज्य मन्त्रालयका उच्च अधिकारीहरु सम्मिलत यो चौथो वैठक हो ।
वैठकमा नेपालका तर्फबाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वको १५ सदस्य प्रनितिधि वैठकमा सहभागी भएका छन् भने बंगलादेशको तर्फबाट बंगलादेशको वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खान नेतृत्वको सात सदस्यीय टोली सहभागी छ ।
बैठकमा नेपालले बंगलादेशसँग सात एजेण्डाका १४ बुँदामा छलफल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश भट्टराईले बताएका छन् ।

तेस्रो बैठकको प्रगति समिक्षा गर्दै नेपाल–बंगलादेश मालबाहक कार्गो सञ्चालनको मोडालिटीबारे छलफल गर्न नेपालले चाहेको छ । यस्तै ढाका–काठमाडौं बस सेवा सञ्चालनको विषय पनि बैठकमा उठ्ने छ ।

कृषि विभाग, मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको समकक्षी विभागबीच खाद्य सुरक्षा र प्लान्ट क्वारेन्टाइनका सम्बन्धमा आपसी समझदारी गर्ने विषय पनि नेपालको छलफलको एजेण्डा हो ।

बैठकमा बिराटनगर तथा भद्रपुरबाट सियादपुर र रंगपुरसँग हवाई सञ्जाल जोड्न सकिने सम्भावनाबारे पनि छलफल हुनेछ । दुई देशबीचको भिसा सहजीकरण र भन्सार नाकाको पूर्वाधार विकास पनि बैठकको एजेण्डा हुनेछ । यी एजेण्डा पास भएमा नेपाल र बंगादेश वीच व्यापारिक कारोबार गर्नका लागि निकै सहजता पुग्ने छ ।

प्रतिक्रिया