शुक्रबार, मंसिर १२, २०७७

घाट सेवा केन्द्रका कर्मचारीहरु आन्दोलनमा, शव जलाउने काम बन्द गर्ने घोषणा

नेपालखोज २०७६ कार्तिक ६ गते १२:२१

काठमाडौं । घाट सेवा केन्द्रका कर्मचारीहरुले आज विहान ६ बजेदेखि अनिश्चितकालका लागि शव जलाउनेलगायतका काम बन्द गर्ने घोषणा गरेका छन् ।

आफूहरूले पाउने सेवासुविधा बढाउन माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरु आन्दोलनमा निस्केका हुन् ।

उनीहरूले अनिश्चितकालका लागि शवदाह गर्ने, खाडल खन्ने, दाउरा बोक्ने लगायतका कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर घाट क्षेत्रमा राखेका छन् ।

शव जल्न बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षसँग वार्ता थालेको छ ।

प्रतिक्रिया