बिहीबार, वैशाख २७, २०८१

{ अपडेट } आर्यघाटको आन्दोलन फिर्ता

नेपालखोज २०७६ कार्तिक ६ गते १३:१८

६ कार्तिक, काठमाडौं । घाट सेवा केन्द्रका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

आज विहान ६ बजेदेखि अनिश्चितकालका लागि शव जलाउनेलगायतका काम बन्द गरेर उनीहरू आफूहरूले पाउने सेवासुविधा बढाउन माग राख्दै आन्दोलनमा निस्किएका थिए ।

शव जल्न बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षसँग वार्ता थालेको थियो ।  वार्तामा सहमति भएपछि आन्दोलन टुंगिएको छ । उनीहरूको माग अनुसार पारिश्रमिक बढाइदिए पछी उनीहरूले आन्दोलन फिर्ता लिएका हुन् ।

प्रतिक्रिया