शनिबार, वैशाख ८, २०८१

दक्षिण एशिायाली ज्योतिष महासंघको उपाध्यक्षमा अम्विका शर्मा चयन

नेपालखोज २०७६ कार्तिक ६ गते १७:५३

६ कार्तिक, काठमाडौं । दक्षिण एशियाली ज्योतिष महासंघको सचिवालय वैठकले महासंघको रिक्त उपाध्यक्ष पदमा अम्विका शर्मालाई मनोनयन गरेको छ । मंगलबार बसेको महासंघको सचिवालयले रिक्त अन्य पदहरुमा समेत मनोनय गरेको छ ।

महासंघले उपाध्यक्ष पदमा मनोनयन भएकी शर्मा लामो समयदेखि महासंघमा आवद्ध छिन् । सामाजिक र धार्मिक क्षेत्रमा निकै नै क्रियाशील शर्मालाई महासंघले उपाध्यक्ष पदमा मनोनायन गरेको हो । यस अघि उनी महासंघको सल्लाहकारको जिम्मेवारीमा थिइन् ।  महासंघका कार्यवाहक महासचिव एवं राष्ट्रिय समितिका अध्यक्ष आचार्य लक्ष्मण पन्थीका अनुसार महासंघका सदस्यहरुको जिम्मेवारी समेत फेरवदल गरेको जनाएका छन् ।

शर्मा लगायतका पदाधिकारीहरु दक्षिण एशियाली ज्योतिष महासंघ राष्ट्रिय समितिबाट सिफारिस भए पश्चात मात्र मनोनयन गरिएको हो ।
मंगलबार बसको महासंघको वैठकले रिक्त पदमा मनोनयन गरे पश्चात महासंघको विधानमा उल्लेख भए बमोजिम ५१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ ।

त्यस्तै दक्षिण एशियाली ज्योतिष महासंघको अन्तर्राष्टि«य समितिको पुर्नगठन आगामी नोभम्वरको तेस्रोसाता वंगलादेशको चटगावमा दक्षिण एशियाली ज्योतिष महासंघसमेत आयोजक रहेर सम्पन्न हुने एशियाली ज्योतिष सम्मेलनको अवसरमा गरिने समेत पन्थी जनाएका छन् ।

प्रतिक्रिया