शुक्रबार, वैशाख १४, २०८१

चिनियाँ नागरिकको सहयोग

नेपालखोज २०७६ कार्तिक ७ गते ११:४४

कार्तिक ७ बिहिवार, चितवन । मित्रराष्ट्र चीनका नागरिक चाङ र उनको परिवारले भरतपुर महानगरपालिका–२६ स्थित अतिविपन्न १०० घरपरिवारलाई लत्ताकपडा खाद्यान्न तथा नगद सहयोग गरेको छ । प्रतिघर परिवार रु १० हजारको हाराहारीमा सहयोग गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार साँझ एक कार्यक्रमका बीच खाद्यान्न नगद तथा लत्ताकपडा विपन्न परिवारलाई वितरण गरेकी थिइन् । सो अवसरमा उनले सहयोगी दाता चाङ र उनको परिवारलाई धन्यवाद दिदैं आउँदै गरेको तिहारलाई उल्लासमय बनाउन राहत पाउनेहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

भरतपुर महानगरपालिका–२६ का अध्यक्ष ज्ञानप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चामल, जिरा मसला, घ्यू, साबुन, चिउरा ब्ल्याङ्केट र प्रतिपरिवार नगद रु तीन हजार गरी रु १० हजार बराबरको राहत सामग्री वितरण गरिएको चाङका नेपाली मित्र सुरेशचन्द्र अधिकारीले बताए ।

प्रतिक्रिया