शुक्रबार, वैशाख ७, २०८१

चितवनमा प्रभु बैंकको थप एक्स्टेन्सन काउण्टर

नेपालखोज २०७६ कार्तिक ७ गते १२:४५

७ कार्तिक, काठमाडौं । प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय चितवनमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । देशको सबै क्षेत्रमा बित्तीय पहुंच बिस्तार गर्ने उदे्श्य अनुुरुप उक्त क्षेत्रमा काउन्टर सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।
काउण्टरको कात्र्तिक ४ गते चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले एक समारोहका विच समुद्घाट्न गरेको बैकले जनाएको छ ।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारीरुपमा सञ्चालन गरिरहेको बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल एक सय ९६ वटा शाखा कार्यालय, एक सय ५२ वटा एटिएम, ३५ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया