शुक्रबार, चैत १६, २०८०

दुुई महिनामा दुुई खर्ब २९ अर्बको आयात हुंदा १८ अर्ब ५० करोडको निर्यात : राष्ट्र बैंक

नेपालखोज २०७६ कार्तिक ७ गते १२:५१

७ कार्तिक, काठमाडौं । मुुलुकमा पछिल्लो समय आयात र निर्यातबिचको असुन्तलन उच्च देखिएको छ । आन्तरिक उत्पादन कमजोर भएको र सबैजसो र बस्तुु तथा सेवामा मुुलुक परनिर्भर हुुंदा आयात र निर्यातबिचको असन्तुुलन उच्च देखिएको हो ।
नेपाल राष्ट्र बैंकको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी पछिल्लो दुुई महिनाको प्रतिवेदन अनुसार कुल वस्तु आयात एक दसमलव दुुई प्रतिशतले घटेर दुुई खर्ब २९ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८ दसमलव पाँच प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः दुुई प्रतिशत र १९ दसमलव आठ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३९.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, रासायनिक मल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्टलगायतका वस्तुको आयात घटेको, नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताएकाछन ।

यसअवधिमा देशको कुुल निर्यात भने २५ दसमलव नौ प्रतिशतले बढेर १८ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ प्रतिशतले वृद्धि भएकोे थियो, प्रवक्ता निरौलाले भने । गन्तव्यका आधारमा भारततर्फ ४६ प्रतिशत र अन्य मुलुकतर्फ शुन्य दसमलव छ प्रतिशतले निर्यात बढ्दा चीनतर्फको निर्यातमा १७ दसमलव छ प्रतिशतले कमी आएको उनको भनाई छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), कपडा लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तार, तयारी पोशाक, पश्मिना लगायतका वस्तुको निर्यात घटेको छ ।

आयात र निर्यातबिचको असन्तुुलन उच्च भएकै कारण चालुु आर्थिक बर्षको पछिल्लो दुुई महिनामा मुलुकले दुुई खर्ब ११ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ । व्यापार घाटा बढेपनि यो व्यापार घाटा भनेको अघिल्लो आवको सोही अवधिको तुुलनामा तीन दसमलव एक प्रतिसतले कम भएको प्रवक्ता निरौलाको भनाई छ । चालु आवको पछिल्लो दुुई महिनामा निर्यात–आयात अनुपात आठ दसमलव एक प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दसमलव तीन प्रतिशत रहेको थियो, प्रवक्ता निरौलाले भने ।

प्रतिक्रिया