शनिबार, वैशाख १५, २०८१

दुई दिन भाई टिका दुवै दिन विदा !

नेपालखोज २०७६ कार्तिक ७ गते २१:२५

७ कात्तिक, काठमाडौं । यो वर्षको तिहारमा भाईटिकाका लागि सरकारले कात्तिक १२ र १३ गते दुवै दिन सार्वजनिक विदा दिएको छ । नेपाली पात्रो अनुसार कार्तिक १२ गते भाईटिका भएकाले विगत झै सार्वजनिक विदा तय गरिएको थियो ।

कार्तिक १३ गते समेत तिथिअनुसार नेवार समुदायको भाइटीका पर्ने भएकाले सो दिन पनि सार्वजनिक विदा दिन प्रतिनिधि सभाका सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद अजय शाक्य सहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सार्वजनि विदाका लागि आग्रह गरेको थिए ।
सोही अनुरुप मन्त्रीपरिषद्को वैठकले १३ गते पनि भाईटिकाका नाममा सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।

प्रतिक्रिया