मंगलबार, वैशाख ११, २०८१

निवर्तमान सभामुख महरालाई सात दिन हिरासतमा राख्न अनुमति

नेपालखोज २०७६ कार्तिक ७ गते १९:३५

७, कार्तिक, काठमाडौं । संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालतले थप अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डको एकल इजलासले आजकै दिनदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार महरालाई डिएनए परीक्षणका लागि रगत उपलब्ध गराउनसमेत अदालतले आदेश दिएको छ ।

यसअघि यही कात्तिक २ गतेदेखि लागू हुने गरी पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । जुन आज सकिएको थियो । निवर्तमान सभामुख महरालाई गत २८ असोजमा १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएकोे थियो ।

प्रतिक्रिया