शनिबार, कार्तिक ८, २०७७

कांग्रेस सभापति देउवाद्वारा दुख व्यक्त

नेपालखोज २०७६ कार्तिक ७ गते २१:५१

७ कार्तिक, काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसको जिल्ला कार्यसमिति दैलेखका उपसभापति एवं नेपाल तरुण दलका पूर्वजिल्ला अध्यक्ष भूपेन्द्रजङ्ग महतको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेता महतको बुधबार भारतको दिल्लीस्थित मेडिओर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत काङ्ग्रेसको सङ्गठनमा र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेता महतले पु¥याउनुभएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गरेका छन् ।

साथै सभापति देउवाले उनको निधनबाट पार्टीले एक होनाहार व्यक्तिलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् । सभापति देउवाले नेता महतको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन् ।

प्रतिक्रिया