बिहीबार, वैशाख ६, २०८१

सुत्केरी गाउँपालिका घोषणा

नेपालखोज २०७६ कार्तिक ८ गते १२:२७

८ कार्तिक, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकालाई प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ । बिहीबार प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले औपचारिकरूपमा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेका हुन् ।

मन्त्री बरालले पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाको प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापालाई हस्तान्तरण गर्दै प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका गराउन सफल भएकोमा गाउँपालिकालाई धन्यवाद दिए ।

गाउँपालिकाभित्र गत आर्थिक वर्षमा ३१० सुत्केरी भएकामा पूर्वखोलाका विभिन्न स्वास्थ्य संस्थाबाट १६९ र अन्य स्वास्थ्य संस्थाबाट १४१ रहेको स्वास्थ्य उपसंयोजक मोहन ढकालले जानकारी दिए। वडा नं १ मा ८५, वडा नं २ मा ४५, वडा नं ३ मा ४५, वडा नं ४ मा ४०, वडा नं ५ मा ५७ र ६ मा ३८ जना गएको आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी भएको पाइएको छ ।

गत वैशाख २३ गते वडा नं ५ वीरकोटबाट पूर्ण संस्थागत सुत्केरी वडा घोषणा शुरु गरेको गाउँपालिकाले भदौ ३ गते वडा नं ३ रिङनेरह, भदौ २४ गते वडा नं ६ को हेक्लाङ, असोज ११ गते वडा नं २ जल्पा र असोज १५ गते वडा नं ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो ।

प्रतिक्रिया