शनिबार, वैशाख १५, २०८१

बैकिङ क्षेत्रको चुक्ता पुंजी बढ्यो

नेपालखोज २०७६ कार्तिक ८ गते १२:११

८ कार्तिक, काठमाडौं । बैैक तथा फाईनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी तीन खर्ब पाँच अर्ब ८९ करोड २० लाख रुपैयाँ पुुगेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार चालुु आर्थिक बर्षको भदौ मसान्तसम्ममा लघुबित्त बित्तीय संस्था बाहेकका २८ वटा बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी २८ वटा बिकास बैंक र २८ वटा फाईनान्स कम्पनीहरुले कुुल चुक्ता पुंजी उक्त अनुुपातमा पुुगेको छ ।

नेपाल राष्ट्र बैकले बित्तीय क्षेत्रलाई थप सवल बनाउनको लागि पुंजी बृद्धि सम्वन्धी व्यवस्था कार्यान्वनमा ल्याएपश्चात बित्तीय क्षेत्रको कुुल चुक्ता पुंजी बढेको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा बाँणिज्य बैंकहरुको मात्र चुक्ता पुंजी दुुई खर्ब ५२ अर्ब ७५ करोड ५० लाख रुपैयाँ पुुगेको छ ।

बिकास बैंकहरुको कुुल चुक्ता पुंजी भने यसअवधिमा ३९ अर्ब ९० करोड १० लाख रुपैयाँ पुुगेको छ । राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी भने १३ अर्ब २३ करोड ७० लाख रुपैयाँ पुुगेको छ ।

प्रतिक्रिया