शनिबार, वैशाख ८, २०८१

अर्थ मन्त्रालयको सचिव (राजश्व तर्फ) मा पुन शिशिरकुमार ढुङ्गानालाई

नेपालखोज २०७६ कार्तिक ८ गते १७:४१

८ कार्तिक, काठमाडौं । अर्थ मन्त्रालयको सचिव (राजश्व तर्फ) पुन शिशिरकुमार ढुङ्गानालाई जिम्मेवारी दिएको छ । अर्थ मन्त्रालयको राजश्व सचिव रिक्त भएको लामो समय भईसक्दा पनि मन्त्रीपरिषद्को वैठकले सो पदमा कसैलाई पनि ल्याउन सकेको थिएन ।

अर्थमन्त्रीका विश्वास पात्रका रुपमा रहेका हालका अर्थसचिव राजन खनालको आगामी माघ २० गते अनिवार्य अवकाश हुने भएकाले सोही ठाउँमा राख्नका लागि ढुङ्गानालाई अहिले पुन राजश्व तर्फको सचिवमा ल्याइएको हुन सक्ने अर्थ मन्त्रालय श्रोतले बताएको छ।

तत्कालीन राजश्व सचिव लालशंकर घिमिरेले उमेरहदका कारण अवकाश पाएपछि ढुंगानालाई राजश्व सचिवमा ल्याइएको थियो । अहिले फेरि सरुवा भएको १० महिनापछि अर्थ मन्त्रालयको राजस्व सचिवमा फेरि शिशिरकुमार ढुंगानालाई ल्याईएको छ ।

प्रतिक्रिया