बिहीबार, वैशाख ६, २०८१

आज शिवको आराधना गर्नाले यस्तो फल मिल्ने छ ।

नेपालखोज २०७६ कार्तिक ११ गते ६:५१

११ कार्तिक । कार्तिक महिनाको सोमबार शिवको पूजा आराधना गरी ब्रत बस्नाले मनले सोचेका सम्पूर्ण कुराहरु पूरा हुन्छ । आज सोमबार औशीका दिन पनि परेकाले शिव भगवानको आराधान गर्नाले प्रशस्त धन लाभ हुने विश्वास छ । आफूलाई धन्यधान्य बनाउनु छ भने कार्तिक महिनाको सोमबार शिवको आराधना गर्नुस् ।

आजको तपाइँको राशीफल भने यस्तो देखिएको छ ।

मेष :
बिश्वास गरेकाले साथ दिनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म कर्ममा रुचि बढ्नेछ ।
वृषः
भौतिक साधन जुटाउने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । आफ्नो कार्यमा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन :
चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । बाहन सुख मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।
कर्कट :
गलत निर्णय लिनपुगिएला । नाक तथा घाँटीमा समस्या आउला । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
सिंह :
सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
कन्या :
वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।
तुला :
सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझमा पैशा खर्च हुने योग छ ।
वृश्चिक :
सहकर्मीबाट विरोध आउला । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।
धनु :
प्रेमीको सहयोग प्राप्त हुनेछ । मान सम्मान पइनाले मन प्रशन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
मकर :
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।
कुम्भ :
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।
मीन :
आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । धेरै कामहरूबाट एउटै लाभ मिल्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

प्रतिक्रिया