शुक्रबार, चैत १६, २०८०

आज तिहारको चौथो दिन गाईको पूजा गरिँदै

नेपालखोज २०७६ कार्तिक ११ गते १०:१४

११ कार्तिक, काठमाडौं । हिन्दुहरुको दोस्रो महान चाडका रुपमा रहको तिहार अर्थात यमपञ्चकको आज चौथो दिन विहान सवेरै देखि गाई, गोरुको पूजाआजा गरी मनाइँदैछ।

गाई लक्ष्मीमा रुपमा हिन्दुहरुले पुज्दै आईरहेका छन् । नेपालको राष्ट्रिय जनावर समेत रहेको गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।
आजका दिन गाईको पूजा गरी मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।

प्रतिक्रिया