बिहीबार, वैशाख १३, २०८१

विभूतिको नाममा कसैले राजनीति गर्नुहुँदैन : मन्त्री राई

नेपालखोज २०७६ कार्तिक ११ गते २२:१४

११ कार्तिक, काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले देशको विभूतिको नाममा कसैले राजनीति गर्न नहुने बताएका छन् । नेपाल संवत् ११४० को अवसरमा सोमबार नेपालगञ्जमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री राईले नेपालगञ्जको कारकाँदो चोकमा शङ्खधर साख्वाको शालिक स्थापना गरी नामाकरण गरिनुपर्ने पक्षमा आफू भएको बताएका छन्।
‘शङ्खधर साख्वाको सम्मान गर्न सकेमात्र नेपाल र नेपालीको गौरव बढ्ने बताउँदै उनले देशको विभूतिको नाममा चोक नामाकरण गर्ने अभियानमा कसैले राजनीति गर्न नहुने बताए ।

शालिक स्थापनाका लागि शङ्खधर साख्वा चोक फाइनल हुनासाथ रकम उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गर्दै संसदीय विकास कोष र शहरी विकास मन्त्रालयले शालिक स्थापनाका लागि सहयोग गर्ने उनको भनाइ छ ।

उनले गरीब जनताको ऋणमोचन गरेका शङ्खधर साख्वाको सम्मानका लागि नेपाल संवत् लाइै प्रचलनमा ल्याउनुपर्ने बताउँदै मन्त्री राईले नेवार समुदाय नेपालको सबैभन्दा पुरानो आदिवासी भएको जिकिर गर्दै उहाँले नेवारी लिपी र नेपाल संवत्को संरक्षणका लागि राज्यले ठोस् नीति ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया