बिहीबार, वैशाख १३, २०८१

प्रदेश ५का मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना

नेपालखोज २०७६ कार्तिक १२ गते ७:३८

१२ कार्तिक, बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै एकताको सूत्रमा बाँधेर समाजलाई गतिशील बनाउनु नेपालीहरुका हरेक चाडपर्वका विशेषता रहेको बताएका छन् ।

तिहारका अवसरमा उनले दिएको शुभकामना सन्देशमा नेपालीका अन्य पर्वहरुले जस्तै यस पर्वले पनि पारिवारिक मिलन र सामाजिक सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले तिहारको मौलिकता जोगाउँदै अघि बढ्न सके यसको सांस्कृतिक महत्व उजागर हुने उल्लेख गरे ।परिवारिक मिलन र सामाजिक सद्भाव बढाउने पर्वहरु अहिले बोझिला र विकृत हुँदै जानु नेपाली समाजका लागि चिन्ताको विषय बनेको छ भन्दै मुख्यमन्त्री पोखरेलले तडकभडक नगरी मौलिक ढङ्गले सामाजिक मूल्य र मान्यतालाई जोगाउँदै चाडपर्व मनाउन ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिक्रिया