शुक्रबार, वैशाख १४, २०८१

निर्मलले चढे ७ महिनामै ८ हजार मिटर अग्ला १४ हिमाल

नेपालखोज २०७६ कार्तिक १३ गते १०:५०

१३ कार्तिक, काठमाडौं । पर्वतारोहणमा नयाँ किर्तिमान राख्ने क्रमममा नेपाली पर्वतारोही निर्मल पुर्जाले चीनले दिएको ‘स्पेसल परमिट’ पछि मंगलबार विहान स्थानीय समयअनुसार ८ः५८ बजे सिसापाङ्माको शिखरमा पाइला राख्दै सात महिनामा ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको आरोहण पूरा गरी कीर्तिमान बनाएका छन् ।
उनले आठ वर्ष लगाएर पोलिस आरोहीले सन् १९८७ मा बनाएको कीर्तिमानलाई सात महिनामै छोट्याइदिएका हुन् ।

३६ वर्षीय पुर्जाले सिसापाङ्माको शिखरबाट‘‘मिसन एचिभ्ड’ भन्दै सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छन् । उनले ८ हजार अग्ला सबै हिमाल १९० दिनमै आरोहण गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि पोल्यान्डका जर्जी कुकुच्जाले ७ वर्ष ११ महिना १४ दिन लगाएर सन् १९८७ मा आठ हजार मिटर अग्ला १४ हिमालको आरोहण सम्पन्न गरेका थिए ।

पुर्जाले आफ्नो टिमका मिङ्मा डेविड शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङले पनि सिसापाङ्माको आरोहण गरेको उल्लेख गरेका छन् । सुरुमै आरोहणको स्वीकिृति नपाएकाले उनले आठ हजार मिटरका सबभन्दा होचो हिमालको ठूलै चुनौती बेहोर्नुपर्यो ।

उनले २३ अप्रिलमा अन्नपूर्णको आरोहरणसगै कीर्तिमान कायम गर्ने अभियान ‘प्रोजेक्ट पोसिबल’ थालेका थिए । चौथो हिमालको रुपमा २२ मे मै विश्वकै सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेका उनले ११ हिमाल ९० दिनभित्रै चढेका थिए । उनले ल्होत्से, मकालु र सगरमाथा ४८ घन्टाभित्रै आरोहण गर्दै रेकर्ड बनाए । उनले यो अभियानको १३ औं हिमालको रुपमा २७ सेप्टेम्बरमा मनास्लुको चुचुरोमा पाइला राखेका थिए ।

कुन हिमाल कहिले चढे ?
२३ अप्रिल अन्नपूर्ण – ८,०९१ मिटर, नेपाल
१२ मेधौलागिरि -८,१६७ मिटर, नेपाल
१५ मेकन्चन्जंगा -९८,५८६ मिटर, नेपाल
२२ मेसगरमाथा -९८,८४८ मिटर, नेपाल
२२ मेल्होत्से -९८,५१६ मिटर, नेपाल
२४ मेमकालु -९८,४८१ मिटर, नेपाल
३ जुलाईनांगा पर्वत -९८,१२५ मिटर, पाकिस्तान
१५ जुलाईगासेरब्रम पहिलो -९८,०८० मिटर, पाकिस्तान
१८ जुलाईगासेरब्रम दोस्रो -९८,०३५ मिटर, पाकिस्तान
२४ जुलाईके टु -९८,६१४ मिटर, पाकिस्तान
२६ जुलाईब्रोड पिक -९८,०५१ मिटर, पाकिस्तान
२३ सेप्टेम्बरचो यू -९८,१८८ मिटर, नेपाल
२७ सेप्टेम्बरमनास्लु -९८,१६३ मिटर, नेपाल
२९ अक्टोबरसिसापाङ्मा- ९८,०२७ मिटर, चीन

प्रतिक्रिया