शुक्रबार, चैत १६, २०८०

नेवार समुदायले किजा पूजा मनाउँदै, आज सार्वजनिक बिदा

नेपालखोज २०७६ कार्तिक १३ गते ११:१६

१३, कार्तिक, काठमाडौं । भाईटिका कहिले लगाउने भन्ने विषयमा पञ्चाङ निर्णायक समिति र नेवार समुदायका वीच मनभिन्नता भएपनि अधिकांशले कार्तिक १२ गते मंगलबार नै भाईटिका लगाएका छन्। तर केही नेवार समुदालये भने आज बुधबार किजा पूजा (भाइटीका) लगाउँदै छन्। तिथि विवादका कारण भक्तपुर र ललितपुरका नेवार समुदायले पञ्चाङ निर्णयक समितिले तोकेकै दिन कार्तिक १२ गते मंगलबार नै भाइटीका लगाए पनि काठमाडौँमा भने बुधबार भाइटीका लगाउन लागिएको हो।

दुई दिन भाईटिका परेको र आफूहरुले १३ गते भाईटिका मनाउने भन्दै केही नेवार समुदायका राजनीतिक नेताहरुको पहलमा प्रधानमन्त्री ओलीलाई भेटेर किजा पूजाका लागि विदा समेत माग गरेका थिए । सोही बमोजिम आज नेवार समुदायको आग्रहमा सरकारले सार्वजनिक बिदा दिएको छ।

आज बुधबार किजा पूजा गर्ने समुदायले भने मंगलबार मात्र म्हःपूजा गरेका छन्। बिहान नेपाल संवत् ११४० को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हःपूजा गरेका हुन्।

प्रतिक्रिया