तिहार सकिए लगतै छठको रौनकता शुरु
१३ कार्तिक, काठमाडौं । यस वर्षको तिहार सकिए लगतै छठ पर्वको चहलपहल शुरु भएको छ । राजधानी लगायत तराईका विभिन्न जिल्लाहरुमा छठ पर्वको विशेष तयारी भईरहेको छ । काठमाडौंको कमलपोखरी, गौरीघाट लगायतका क्षेत्रमा छठ पर्वका लागि आवश्यक तयारी सम्मन्न भईसकेको छ । विगतमा रानीपोखरीमा छठ पर्व मनाउँदै आईरहेको भएपनि २०७२ सालमा गएको विनाशकारी भूकम्प पश्चात रानीपोखरी पुर्ननिर्माणमा रहेकाले छठ पर्वका रानीपोखरीमा मनाउन छाडिएको छ ।
छठपर्व विधिवत् रुपमा विहिवार देखि शुरु हुँदैछ । नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन विहिवार वर्तालु महिलाले आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवाअरुवाइन अर्थात् शुद्ध भोजन गर्ने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ ।
त्यस्तै पर्वको दोस्रो दिन दिनभर उपवासमा बसेर बेलकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने गर्छ । सोही खीर घरको देवीदेउतालाई अर्पण गर्दै अर्नाविधि अन्र्तगत परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी वर्तालुले पनि प्रसादकै रुपमा ग्रहण गर्ने गरिन्छ । पर्वको तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य र वर्तको चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको विधिवत् समापन गरिन्छ।
छठ पर्वको मुल्य आकर्षण भनेको सूर्यको उपासना सहित अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्दछ । पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा राजधनीको रानीपोखरी, टङकेश्वर, गौरी घाट र शङखमूल लगायतका नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।
प्रतिक्रिया