बिहीबार, चैत १५, २०८०

उपचारका लागि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

नेपालखोज २०७६ कार्तिक १३ गते १२:३०

१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गर्नका लागि ग्राण्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली अस्पताल पुगेपछि भर्ना नै गर्नु पर्ने हो कि भन्ने चर्चा चलेपछि उनका प्रेस सल्लाहकार कुन्दन अर्याले नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको बताए ।
अर्यालका अनुसार प्रधानमन्त्री चिकित्सकसँग सल्लाह लिएर नियमित स्वास्थ्य परीक्षण गरी फर्कने छन् ।
११ वर्ष अघि भारतको अपोलो अस्पतालमा प्रधानमन्त्रीको मिगौला प्रत्यारोपणपछि उनले नियमित औषधी सेवन गरिरहेका छन् ।

प्रतिक्रिया