मंगलबार, वैशाख ४, २०८१

कात्तिक २१ गतेदेखि प्रभु बैंकको ऋणपत्र निष्कासन हुने

नेपालखोज २०७६ कार्तिक १३ गते १२:५३

१३ कार्तिक, काठमाडौ। बाणिज्य वैकहरु मध्ये धेरै शाखा भएको प्रभु वैकले आगामी कार्तिक २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।

एक अर्व रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको प्रभु वैकले ज जनाएको छ । निष्कासन गर्न लागेको ऋणपत्र मध्ये ४० प्रतिशत सर्वसाधारणका लागि रहेको छ । त्यस्तै सामूहिक लगानी कोषका लागि २० लाख कित्ता पनि सर्वसाधारण कै लागि विक्री गर्न लागिएको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सनराईज क्यापिटलले जनाएको छ ।

ऋण पत्र निष्कासन पश्चान सर्व साधारणले न्यूनतम २५ कित्ता र अधिकतम ४ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले अर्धबार्षिक रुपमा २०८६ सम्म तोकिएको व्याजदरमा व्याज रकम प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया