शुक्रबार, चैत १६, २०८०

अहिले ४ बजे नेपाली महिला भलिवल टोली थाइल्याण्डसँग भिड्दै

नेपालखोज २०७६ कार्तिक १३ गते १५:२०

१३ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) र बङ्गलादेशमा यसै महीनामा सञ्चालन हुने एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेका नेपाली टोलीले थाइल्याण्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल अहिले दिउँसो ४ बजेपछि शुरु हुनेछ ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टोलीले यसअघि थाइल्याण्डमा विभिन्न टोलीसँग मैत्रीपूर्ण खेल खेलेकामा तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको थियो ।

नेपालले पहिलो मैत्रीपूर्ण खेलमा स्थानीय टोली जरानसानिवोङ र दोस्रो खेलमा बैङ्कक विश्वविद्यालयको टोलीलाई हराएको थियो । त्यस्तै थाइल्यान्ड यु–२१ टोलीसँग पराजित भएको नेपाली टोलीले चौथो खेलमा जापानको जुतिर टोलीलाई हराएको थियो ।

एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप यही कात्तिक २२ देखि २७ गतेसम्म हुदैछ भने साग मङ्सिर १५ देखि २५ गतेसम्म सञ्चालन हुनेछ

प्रतिक्रिया