बिहीबार, चैत १५, २०८०

चीनमा टेनिस खेल्दा खेल्दै कमल थापा विरामी

नेपालखोज २०७६ कार्तिक १३ गते १६:००

१३ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा चीनमा जारी टेनिस प्रतियोगितामा खेल खेल्दा खेल्दै विरामी परेका छन् ।
यही कात्तिक ८ गते आइटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन पुगेका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै एक्कासी विरामी भएपछि भई खेल छाडेका थिए ।
खेल कै क्रममा पिडौँला र तिघ्रामा समस्या भई ढाड दुखेका कारण अस्वस्थ्य भएका थापाको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।
प्रत्येक अन्तर्राष्ट्रिय प्रतियोगिता जित्दै आईरहेका थापाले चीनको खेलमा भने अस्वस्थताका कारण खेल छाड्नु परेको हो । उनी कात्तिक १४ गते स्वदेश फर्कने समेत बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया