बिहीबार, चैत १५, २०८०

लघुवित्तको बोनस शेयर घट्यो

नेपालखोज २०७६ कार्तिक १४ गते १६:३८

१४ कार्तिक, काठमाडौँ । सामुदायिक लघुवित्तको प्रस्तावित लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले बोनस शेयर घटाएर लाभांशदर संशोधन गरेको हो। लघुवित्तले राष्ट्र बैंकको निर्देशन अुनसार हाल कायम चुक्ता पूँजीको ३३.६८ प्रतिशत लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तले चुक्ता पूँजीको ३२ प्रतिशत अर्थात तीन करोड २० लाख रुपैयाँ बराबरको बोनश शेयर तथा कर प्रयोजनका लागि १.६८ प्रतिशत अर्थात १६ लाख ८४ हजार २१० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यसअघि लघुवित्त सञ्चालक समितिको बैठकले ३४.४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.८१ प्रतिशत नगद लाभांश गरी कूल ३६.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

लघुवित्तको सञ्चालक समितिको कार्तिक ८ गते बसेको बैंठकले घोषण गरेको उक्त लाभांश परिमार्जन गरेको हो । साथै लघुवित्तले चुक्त पूँजीको २ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने समेत घोषणा गरेको छ ।

प्रतिक्रिया