बिहीबार, वैशाख १३, २०८१

दोषीमाथि कारर्वाही गर्न सनातन हिन्दू मोर्चाको माग

नेपालखोज २०७६ कार्तिक १४ गते १८:२१

१४ कार्तिक, काठमाडौं । सनातन हिन्दू मोर्चाको आकस्मिक वैठकले कपिलवस्तुको घटनाका दोषी माथि कार्वाहीको माग पीडित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । मोर्चाले नेपाल सरकारबाट सनातन हिन्दू धर्म र संस्कृतिका मुल्य मान्यताहरु माथि एक पछि अर्को प्रहार गर्दै गईरहेको आरोप लगाउँदै कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका ३ का प्रमोद कुमार पाण्डेलाई गोली हानी हत्या गरिएको घटनाको घोर भत्र्सन समेत गरेको छ ।

मोर्चाको आकस्मिक वैठकले ऊँकार परिवारका धार्मिक सांस्कृतिक संघ संस्थाहरुवीचमा एकता, सहकार्य तथा समझदारीको लागि निरनतर क्रियाशील रहने निर्णया गर्दै मंसीर महिना भित्रमा धार्मिक संघसंस्थाहरु वीचको सहभागिता मूलक अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया