शुक्रबार, चैत ७, २०८१

हत्याको आरोपमा आठ जना पक्राउ

नेपालखोज २०७६ कार्तिक १४ गते १८:३५

१४ कार्तिक, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले ठाकुरबाबा नगरपालिका–८ का एक युवकको हत्याको आरोपमा आठ जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–७ का २७ वर्षीय सन्तोष रोकाय, ३६ वर्षीय देवी रोकाय, २० वर्षीय अर्जुन बुढा, २५ वर्षीय कमल बुढा, २४ वर्षीय शरण रोकाय, ३२ वर्षीय उमेश बुढा, २४ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय ज्ञानु विक छन् । मङ्गलबार आठ जनाको समूहले कुटपिटबाट सख्त घाइते भएका सतिराम थारुको बुधबार भारतको लखनउमा मृत्यु भएपछि आठै जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिएका छन् ।

भाइटीकाको दिन सतिराम र उनका दाजु आशाराम बहिनीको घरबाट टीका लगाएर फर्कदै गर्दा आठ जनाको समूहले कुटपिट गरेका थिए । सख्त घाइते सतिरामलाई दाजु आशारामले उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई भारतको लखनउ लगिएको थियो । मृतकको शव आफन्तलाई बुझाइएको बाँस्तोलाले बताए ।

प्रतिक्रिया