बिहीबार, वैशाख १३, २०८१

दुई दिने उपचारपछि प्रधानमन्त्री ओली हाँस्दै बालुवाटार फिर्ता

नेपालखोज २०७६ कार्तिक १४ गते २०:१६

१४ कार्तिक, काठमाडौं । दुई दिने स्वास्थ्य उपचार पछि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार फर्केका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार ग्राण्डी अस्पताल पुगेका ओलीलाई मृगौलाको डाइलासिस गर्नु परेकाले भर्ना गरिएको थियो ।

तर, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारे अस्पताल र सचिवालयबाट झुठ विज्ञप्ति जारी गरेपछि आम नागरिकहरुले सत्य लुकाउको भन्दै सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका थिए ।

शनिबारसम्म अस्पताल मै राख्नु पर्ने अवस्था देखिएको भएपनि अस्पताल र निजी सचिवालयको गलत सूचना प्रवाहका कारण आम नागरिक समक्ष भ्रम मुक्त गरी यथार्थ जानकारी दिन पनि प्रधानमन्त्री ओलीलाई विहिबार बेलुका नै डिस्चार्ज गरी बालुवाटार मै आराम गर्नेगरी व्यवस्था मिलाइएको छ । अस्पतालबाट फर्कने क्रममा निकै प्रफुल्लित मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले आफू ठिक भएको जानकारी दिएका थिए ।
निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पुगेका थिए । उनी पत्रकार माझ हाँस्दै गाडी चढेका थिए ।

प्रतिक्रिया