मंगलबार, वैशाख ४, २०८१

मुग्लिन-पोखरा सडक विस्तार गर्न एडीबीले साढे २१ अर्ब ऋण दिने

नेपालखोज २०७६ कार्तिक १५ गते ७:२७

१५ कार्तिक, काठमाडौँ । मुग्लिन–पोखरा सडक दुइ लेनबाट चार लेनमा विस्तार गर्न एसियाली विकास बैंक (एडीबी)ले २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । एडीबीको सञ्चालक समितिले बुधबार सहुलियत ऋण अनुमोदन गरेको हो ।

एडीबीको मुख्याल मनिलाबाट १५ दिनका लागि नेपाल भ्रमणमा आएको टोलीले मुग्लिन–पोखरा सडकको स्थलगत अनुगमन गरेको थियो । टोलीले बुझाएको प्रतिवेदनका आधारमा एडीबीले ऋणका लागि सहमति जनाएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया