शुक्रबार, वैशाख १४, २०८१

फेरी बढ्यो सुनको भाउ

नेपालखोज २०७६ कार्तिक १५ गते १२:३४

१५ कार्तिक, काठमाडौँ । छठको मुखमै सुनको भाउ बढेको छ । बिहिवार छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेकोमा शुक्रवार ७१ हजार दुई सय पुगेको हो ।

शुक्रवार छापावाला सुन प्रतितोला ७१ हजार दुई सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजावी सुन भने ७० हजार नौ सयमा कारोबार भैरहेको छ । तेजावी सुनमा प्रतितोला सात सयले बृद्धि भएको हो ।

त्यस्तै, चाँदीको भाउमा समेत बृद्धि भएको छ । बिहिवार प्रतितोला आठ सय ६० मा कारोबार भैरहेको चाँदी शुक्रवार आठ सय ७० मा कारोबार भैरहेको छ ।

प्रतिक्रिया