बिहीबार, चैत १५, २०८०

महराको बयान बन्द इजलासमा, थुनछेक बहस केही बेरमा हुने

नेपालखोज २०७६ कार्तिक १५ गते १३:१८

१५ कार्तिक, काठमाडौँ। निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान काठमाडौं जिल्ला अदालतको बन्द इजलासमा गरिएको छ । अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले महराको बयान बन्द इजलासमा जारी रहेको जानकारी दिए ।

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका उनिविरुद्ध बिहीबार जिल्ला सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरेको थियो । बिहीबार ढिला गरी मुद्दा दर्ता भएकाले उनको थुनछेक बहस हुन पाएको थिएन । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले शुक्रबार बन्द इजलास र निरन्तर बयानको माग गरेको छ ।

बयानपछि थुनछेक बहस सुरु हुनेछ । बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश दिनसक्नेछन् । संसद सचिवालयकी एक कर्मचारी माथि १२ असोजमा महराले बलात्कार प्रयास गरेको आरोपमा अहिले उनि प्रहरीको नियन्त्रणमै छन् ।

प्रतिक्रिया