बिहीबार, वैशाख १३, २०८१

राप्रपा सम्पर्क समाजमा बिन्दु पहाडी

नेपालखोज २०७६ कार्तिक १६ गते १५:२६

१६ कार्तिक, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७७ वटै जिल्लामा सम्पर्क समिति बनाउने जिम्मेवारी सहायक महामन्त्री समेत रहेकी बिन्दु पहाडीलाइ दिएको छ।
राप्रपा सम्पर्क समाज समन्वय समितिको प्रमुख चयन भएकी पहाडीले छिट्टै सबै जिल्ला हरुमा सम्पर्क समिति बनाउने बताइन।उनले राप्रपाको संगठन बिस्तारमा तिब्र गतिले अघि बढ्ने बताइन् ।
समितिको सदस्य सचिवको जिम्मेवारी आनन्द रिसाल( नुवाकोट) लार्इ दिइएको छ।यसैगरी सचिवमा सुनिता कुरूवाङ (काठमाडौ)लाई जिम्मेवारी तोकिएको छ भने सदस्य हरुमा मधु रिसाल (नुवाकोट),सिर्जना रानी बर्मा (काठमाडौ ) युवराज घिमिरे (गुल्मि) वसन्त रिमाल (झापा), माया प्रसाई (धादिड) नारायण प्रसाद (बाँके)
मिना झा (सर्लाही) र तारा किष्ण पाण्डे (बारा)चयन भएका छन।

प्रतिक्रिया