मंगलबार, वैशाख ४, २०८१

अग्र्यानिक खेतीसम्बन्धी प्रशिक्षण

नेपालखोज २०७६ कार्तिक १७ गते ७:४२

१७ कार्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १० लाई अग्र्यानिक खेती वडा बनाउने अभियान शुरु भएको छ । विषादीमुक्त खाद्यान्न उत्पादन गरेर स्थानीय पहिचानका साथै वडाका हरेक नागरिकलाई रासायनिक मल र विषादी प्रयोग नगरी गाउँमा नै निर्माण गरिएको प्राङ्गारिक मल र अग्र्यानिक औषधिको प्रयोग गरेर खेती गर्न पे्ररणा दिने उद्देश्यले दुईदने प्रशिक्षण कार्यक्रमको शुरुआत गरिएको हो ।

वडा नं १० को विशेष व्यवस्थापनमा जापानिज संस्थाका प्रतिनिधि नोरिको र हिरोकोको सहजीकरणमा कृषि ज्ञान केन्द्र गुल्मीको बाली विज्ञान अधिकृत कविता सुवेदी, जेफ्स (वबाक) का रेजिमा थापामगरले प्रशिक्षण दिएको बूढीचौर कृषि सहकारी सस्ंथाका अध्यक्ष प्रेमप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार प्रशिक्षण कार्यक्रममा अग्र्यानिक खेती गर्ने तरिका, प्राङ्गरिक मल बनाउने तरिकाका साथै कम्पोष्टमल, गोठेमल, गड्यौलेमल, हरियोमल, झोलमल बनाउने तरिकाका बारेमा जानकारी गराइएको थियो । वडा नं १० लाई कसरी रासायानिक मल विषादीरहित खेती गर्न सकिन्छ भनेर यो प्रशिक्षणको कार्यक्रम गरिएको हो । इन्द्रावती गाउँपालिका वडा नं १० का अध्यक्ष जीवनकुमार थापामगरले यो प्रशिक्षणपश्चात् अग्र्यानिक खेती गर्न चाहनेलाई वडाबाट पनि विशेष सहयोग गर्ने बताए । प्रशिक्षणमा सहकारी संस्थाअन्तर्गत विभिन्न समूहका २० जनाले भाग लिइरहेका छन् ।

प्रतिक्रिया