शुक्रबार, वैशाख १४, २०८१

चीनमा मोबाइल उपभोक्तालाई तीव्र गतिको ५ जी सेवा

नेपालखोज २०७६ कार्तिक १७ गते १३:४३

चीनमा मोबाइल टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूले सर्वसाधारण उपभोक्तालाई फाइभ जी (छन्) सेवा उपलब्ध गराउन थालेका छन् । राज्यद्वारा सञ्चालित चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले फाइभ जी डेटा योजना सुरु गरेका हुन् ।

प्रविधिको क्षेत्रमा चीन विश्वभरि अग्रणी बन्ने प्रयासमा छ । व्यापार र प्रविधिमा अमेरिकासँग तीव्र प्रतिस्पर्धा भइरहेको बेला चीनले द्रुत गतिको यो सेवा सञ्चालन गर्न थालेको हो । दक्षिण कोरिया, अमेरिका र यूकेले यही वर्ष फाइभ जी सुरु गरिसकेका छन् ।

फाइभ जी मोबाइल इन्टरनेटको पाँचौँ पुस्ता हो । यसबाट सामग्री छिटै डाउनलोड र अपलोड हुन्छ । यसको कभरेज बृहत्तर हुन्छ तथा कनेक्शन अझ बढी स्थिर हुन्छ ।

चिनियाँ दूरसञ्चार कम्पनीहरू आगामी वर्ष फाइभ जी सेवा सुरु गर्ने योजनामा थिए । तर त्यो योजना परिवर्तन भयो र फाइभ जी चाँडै सञ्चालन आयो । फाइभ जी सेवा बेइजिङ र शाङ्घाई सहित चीनका ५० वटा सहरमा उपलब्ध छ ।

प्रतिक्रिया