शनिबार, माघ २६, २०८१

आज नहुने भयो प्रम ओलीको डायलाइसिस्

नेपालखोज २०७६ कार्तिक १७ गते १३:५७

१७ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर स्वास्थ्य परिक्षण गराउनु भएको छ ।

Advertisement

यसअघि ग्राण्डी अस्पतालमा उपचारका क्रममा फोक्सोमा पनि पानी जमेको डाक्टरहरुले बताएकाले उहाँलाई फोक्सोमा जमेको पानी निकाल्न शिक्षण अस्पतालको मनमोहनमा लगिएको चिकित्सकहरुले बताएका छन् । तर, आज गरिएको एक्सरे रिपोर्टमा फोक्सोमा जमेको पानी सुकेको पाइएपछि उहँलाई बालुवाटार नै फर्काइएको छ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको मृगौलाले काम गर्न छाडेपछि शिक्षण आज अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर उहाँको स्वास्थ्य परिक्षण गराइएका हो । आईतबार उहाँको तेस्रो पटक मृगौलाको डाइलाइसिस् गर्ने भनिएतापनि भोली मात्रै गरिने भएको छ ।

रगतमा पानीको मात्रा धेरै भएपछि गएको बुधबार र बिहीबार पनि प्रधानमन्त्री ओलीको रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो । उहाँको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने डाक्टरले बताएका छन् ।

१२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि अब कि नियमित डायलासिस गर्नुपर्ने कि फेरि पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने डाक्टरले बताएका छन् ।

डायलेसिस गर्न चार घण्टा समय लाग्ने बताइएको छ । प्रधानमन्त्री अस्पताल गएपछि आज बिहान बालुवाटारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सरेको छ । यस्तै, आज बस्ने भनिएको नेकपा सचिवालय बैठकको समेत अनिश्चित बनेको छ ।

प्रतिक्रिया